
पोखरा । बिहीबार (आज) सुनको मूल्य एकैदिन १३ सयले घटेको छ।
आज सुन प्रतितोला ९५ हजार चार सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन बुधबार सुन तोलामा ९६ हजार ७ सयमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ ।
आज चाँदी १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्
