
पोखरा । पोखरा–३० ढुङ्गेपाटनमा तनहुँका एक युवक मृत फेला परेका छन् ।
बुधबार दिउँसो २ः५४ बजे तनहुँ भानु नगरपालिका–३ च्यामवासका ३८ वर्षीय दीपक गुरुङ मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार ढुङ्गेपाटन स्थित बञ्जारी चौतारा नजिकै मानिस नबस्ने पुरानो घर पछाडि रहेको टिनले छाएको कटेरो भित्र गुरुङ मृत अवस्थामा भेटिएका हुन् ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
