
पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. ५ चितेपानी निवासी ५४ वर्षीय लेखनाथ अधिकारी मृत फेला परेका छन् ।
विगत १६ दिन देखि हराइरहेका अधिकारीको शव आज बिहीबार चितेपानीको खोलेटो भन्ने ठाँउमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको कास्की प्रहरीले जनाएको छ ।
उनको आजै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कार गरिएको जनाइएको छ ।
गत पुस ६ गते मर्निङ वाकमा निस्केका अधिकारी बेपत्ता भएका थिए । त्यसपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट तालिमप्राप्त कुकुरको समेत सहयोगमा मादी क्षेत्रमा खोजतलास गरिएको थियो ।
धनुवास मावि, मादी–७ छाचोकका पूर्वशिक्षक समेत रहेका अधिकारीका श्रीमती र ३ छोरी छन् ।
कमेन्ट गर्नुहोस्
