
पोखरा । पोखरामा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक पुरुष गम्भीर घाइते भएका छन् ।
शुक्रबार बिहान १० बजे पोखरा २२ अर्चलबोटमा ग १ ज ५२८६ नं. को ट्याक्सीले ग १३ प २४१५ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार पोखरा १७ बिरौटाका ५९ वर्षीय ऋषिराम बराल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका बरालको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
