
पोखरा । बागलुङमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।
जिल्लाको बडिगाड गाउँपालिका–३ सीमखेत निवासी जीवन घर्तीको खरको छानो भएको २ तले कच्ची घरमा शनिबार आगलागी भएको हो ।
आगलागीबाट घर, घरमा रहेका लत्ताकपडा र अन्नपात जलेर नष्ट भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घरका मानिस तथा चौपाय भने सुरक्षित रहेका छन् ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
