सुनचाँदीकोे मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

Share:

पोखरा । सुनचाँदीको मूल्य मंगलबार आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ६ सयले बढेको छ ।

आज सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि सोमबार सुन तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबारको तुलनामा आज प्रतितोला चाँदीको मूल्य तोलामा २० रुपैयाँले बृद्धि भएको छ ।

सोमबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १२५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: