आज राष्ट्रिय योग दिवस मनाइँदै

Share:

पोखरा । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित आज राष्ट्रिय योग दिवस मनाइँदै छ ।

योगलाई जीवन विज्ञान र जीवनशैलीका रुपमा निरन्तरता दिन २०७२ सालदेखि हरेक वर्ष माघ १ गते सरकारको आह्वानमा योग दिवस मनाइने गरिएको छ ।

बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक तथा मानसिक रोग समाधान गर्न योगलाई प्रभावकारी मानिन्छ ।

योगले तनावमुक्त हुन र बाथ, दम, उच्च रक्तचाप, मोटोपनजस्ता दिर्घ रोगबाट बच्न सहयोग हुने विज्ञहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
Share: