कोरोनाः देशभर थप २४० जनामा संक्रमण, ४७७ संक्रमणमुक्त, ६ को मृत्यु

Share:

पोखरा । देशभर थप २४० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८७ महिला र १५३ पुरुष गरी २४० जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।

ती मध्ये हालसम्म २ लाख ६१ हजार ४४ कोरोना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै देशभरबाट थप ४७७ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै, गत २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९५४ पुगेको छ ।

हाल देशभर ४ हजार ५८ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टीनमा २३१ जना रहेका छन् ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालमा गत २४ घण्टामा ३ हजार ८१९ परिक्षण भएको छ भने हालसम्म २० लाख ८ हजार ९४४ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: