आज देशभरको मौसम कस्तो रहन्छ?

Share:

पोखरा । देशका पहाडी क्षेत्रमा सोमबारको मौसम आंशिक देखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

अहिले बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमामा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य क्षेत्रमामा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १ का पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: