
स्याङ्जा । स्याङ्जामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको हरिनास गाउँपालिका–३ बुमदीका ५३ वर्षीय लेखनाथ पाध्य सोही गाउँपालिकाको बलम्दीको भीरमा मंगलबार मृत फेला परेका हुन् ।
पन्ध्र दिन अघि तनहुँको दुलेगौंडा जान्छु भनी हिँडेका पाध्या आफन्त कोही कसैको सम्पर्कमा नआएपछि स्थानीयले खोजी गर्ने क्रममा मंगलबार उक्त भीरमा मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
