भारतमा थप १५ हजार २७७ जनामा कोरोना संक्रमण

Share:

पोखरा । भारतमा गत २४ घण्टामा थप १५ हजार २७७ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ६ लाख ११ हजार ७१९ पुगेको छ ।

तीमध्ये १ करोड २ लाख ६५ हजार १६३ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप २० हजार ७१ जना निको भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १५२ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ९०६ पुगेको छ ।

हाल भारतमा १ लाख ९३ हजार ६५० सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

भारत अहिले सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा छ।

कमेन्ट गर्नुहोस्
Share: