
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ मा अज्ञात समूहले गाडीमा आगजनी गरेको छ ।
हेटौँडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार बिहान अन्दाजी २ बजे १० जनाको समूहमा आएकाहरुले चालकलाई गाडीबाट ओरालेर गाडीमा आगो लगाएको हो ।
आगजनीबाट पिकअपको अगाडिको भाग जलेर नष्ट भएको र आगजनी गर्नेको खोजि कार्य भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
