आजको मौसम पूर्वानुमान!

Share:

पोखरा । देशका पहाडी भू–भागमा आंशिक बदली रही आइतबार बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले पहाडी भू–भागमा बदली रहनेछ ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहि बाँकि क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं. १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै, राति देशका पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं. १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

कमेन्ट गर्नुहोस्
Share: