
पोखरा । नेपाली बजारमा सुनको मूल्य आज आइतबार पनि सामान्य घटेको छ ।
आज सुनको मूल्य तीन सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि शुक्रबार सुन तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज स्थिर रहेको छ ।
चाँदीको मूल्य अस्ति शुक्रबारको जस्तै आज पनि तोलामा १२ सय ६० रुपैयाँ रहेको महासङ्घले जनाएको छ।
कमेन्ट गर्नुहोस्
