
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनमा कार्यरत स्वास्थकर्मीलाई दिइने गरी कार्यविधि बनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग अनलाइनमार्फत कुरा गर्दै यस्तो जानकारी दिएका हुन् ।
मन्त्री त्रिपाठीका अनुसार, माघ १४ गते बिहान १० बजेबाट अभियानको थालनी हुनेछ । प्रधानमन्त्री केपी ओलीले अभियानको थालनी गर्ने कार्यक्रम तय गरिएको छ ।
भारत सरकारले यही माघ ८ गते अनुदानमा नेपाललाई १० लाख मात्रा खोप ‘कोभिशिल्ड’ अनुदानमा उपलब्ध गराएको थियो ।
कमेन्ट गर्नुहोस्
