
काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् । भोजपुरका ४९ वर्षीय राई आइतबार संखुवासभाकी २३ वर्षीया जाङ्मु शेर्पासँग विवाह गरेका हुन् ।
काठमाडौँको एक पार्टी प्यालेसमा राईको परम्परागत विवाह भएको हो । बेहुला र बेहुली किराती समुदायको परम्परागत भेषभुषामा सजिएका थिए ।
विवाह समारोहमा नेकपाका सीमित नेता र आफन्त सहभागी थिए ।
कमेन्ट गर्नुहोस्
