आज देशभरको मौसम कस्तो रहन्छ?

Share:

पोखरा । देशका पहाडी क्षेत्रको मौसम सोमबार आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली छ भने बाँकी क्षेत्रको मौसम सामान्यतय सफा रहेको छ ।

सोमबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै, राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

कमेन्ट गर्नुहोस्
Share: