देशभर थप ३०३ जनामा कोरोना पुष्टि, ६ को मृत्यु

Share:

काठमाडौँ । देशभर थप ३०३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३० जना महिला र १७३ जना पुरुष गरी ३०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ ।

उनीहरुमध्ये २ लाख ६४ हजार ८२३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट थप २८५ जना निको भएका हुन् ।

यस्तै, गत २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २ हजार १७ पुगेको छ ।

हाल देशभर ३ हजार २५२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २ हजार ५०३ जनाको होम आइसोलेसनमा छन् भने ७४९ जनाको आईसीयू र १३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । क्वारेन्टीनमा १२२ जना छन् ।

गत २४ घण्टामा देशभरका प्रयोगशालमा ४ हजार ५७४ परिक्षण भएको छ भने हालसम्म २० लाख ५२ हजार ६८७ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: