
पोखरा । देशभर थप २८३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरुमध्ये २ लाख ६५ हजार ०६९ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट थप २४६ जना निको भएका हुन् ।
यस्तै, गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ ।
हाल देशभर ३ हजार २८६ संक्रिय संक्रमित छन् । क्वारेन्टीनमा १२२ जना छन् ।
कमेन्ट गर्नुहोस्
