
पोखरा । छिमेकी देश भारतमा गत २४ घण्टामा थप १८ हजार ९४० जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ७ लाख २० हजार ९७१ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १६२ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ४७ पुगेको छ ।
हालसम्म भारतमा १ करोड ३ लाख ९३ हजार १६२ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप २० हजार ३४४ जना निको भएका हुन् ।
हाल भारतमा १ लाख ७३ हजार ७६२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
हाल भारत सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा छ ।
कमेन्ट गर्नुहोस्
