आहा रारा गोल्डकप चैत १७ गतेबाट

Share:

पोखरा । मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप फुटबलको १९ औं संस्करण चैत १७ गतेबाट शुरु हुने भएको छ ।

आयोजक सहरा क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत १७ गते देखि २८ गतेसम्म पोखरा रंगशालामा हुने जनाएको हो ।

प्रतियोगितामा विदेशी क्लब, ए डिभिजनका क्लब, मोफसलका टिम र आयोजक सहरा क्लब पोखरा गरी १२ टिमको सहभागिता रहनेछ ।

कोरोना भाइरस महामारी र राष्ट्रिय फुटबल टोली विश्वकप फुटबल तथा एशियन कपको छनोट चरणको तयारीमा रहेकाले समेत प्रतियोगिताको समयपछि सरेको जनाइएको छ । यसअघि क्लबले पुस/माघमा प्रतियोगिता गर्दै आएको थियो ।

प्रतियोगिताबाट कूल आम्दानी रु एक करोड ३० लाख एक हजार तथा खर्च रु एक करोड एक लाख ८१ हजार हुने अनुमान गरिएको क्लबले जनाएको छ ।

गत वर्षको संस्करण मनाङ मस्र्याङ्दी क्लबले जितेकामा विभागीय नेपाल पुलिस क्लब उपविजेता बनेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: