आज दाहाल–माधवसहितका नेताहरू माइतीघरमा धर्नामा बस्दै

Share:

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरूद्ध नेकपाको दाहाल–माधव समूह आज माइतीघरमण्डलामा धर्नामा बस्दैछ ।

उक्त समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालसहितका शीर्ष नेता आज माइतीघरमा हुने धर्नामा सहभागी हुँदैछन् ।

चार दिनदेखि केही नेताहरू धर्नामा रहे पनि कार्यकर्ताको ध्यान केन्द्रित गर्न दुई अध्यक्ष दाहाल र नेपाल आज धर्नामा सहभागी हुने जनाइएको छ ।

धर्नामा विघटित प्रतिनिधिसभाका सदस्यहरु, राष्ट्रियसभा, प्रदेशसभा र दुवै संविधानसभाका सदस्यहरु सहभागी हुनेछन् ।

यस समूहले माघ २८ गतेसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: