स्याङ्जामा घाँस काट्ने क्रममा लडेर वृद्धाको मृत्यु

Share:

स्याङ्जा । स्याङ्जामा घाँस काट्ने क्रममा लडेर एक वृद्धाको मृत्यु भएको छ ।

शनिबार साँझ पौने ६ बजे जिल्लाको हरिनास गाउँपालिका–५ वसन्तडाँडा बस्ने ६४ वर्षीया सेती कमिनीको लडेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

दिउँसो ४ बजे घाँस काट्न भनी घरबाट निस्किएर नफर्किए पछि मृतकका आफन्तले खोजतलास गरेका थिए ।

बुर्धैरोको घाँस काट्ने क्रममा अन्दाजी २० मिटर तल खोल्सामा लडेर मृत अवस्थामा भेटिएको जनाइएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: