बदली, वर्षा र हिमपातको सम्भावना

Share:

पोखरा । देशभर आज शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले मौसम प्रभावित भएको हो।

हाल सुदूर पश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बागमती प्रदेशमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छ।

शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।

सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश न १ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा हुने संभाबना छ ।

देशका उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना समेत रहेको छ ।

यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।

सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू–भागका धेरै स्थानहरु तथा प्रदेश न १ का केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

देशका उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

बदली, वर्षा र हिमपातसँगै चिसो बढ्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: