
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमणले मृत्यु हुनेको संख्या २३ लाख नाघेको छ ।
गत २४ घण्टामा १४ हजार २४६ जना संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख ७ हजार ४२६ पुगेको वल्र्डोमिटसले जनाएको छ ।
यस्तै, गत २४ घण्टामा थप ४ लाख ८१ हजार ७९० जनामा कोरोना पुष्टि भएको छ ।
यससहित विश्वभर कोरोना संक्रमितको कुल संख्या १० करोड ५८ लाख ९२ हजार ९३ पुगेको छ ।
तीमध्ये ७ करोड ७६ लाख ५६ हजार ६५५ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ४ लाख २१ हजार ८९१ जना निको भएका हुन् ।
हाल विश्वभर २ करोड ५९ लाख २८ हजार १२ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ५ हजार ९ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ७४ लाख ७ हजार ३२४ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ७१ लाख ४६ हजार १६९ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ७० हजार ७०५ पुगेको छ ।
हाल अमेरिकामा ९७ लाख ९० हजार ४५० सक्रिय संक्रमित छन् । ती मध्ये २२ हजार ५५९ गम्भिर बिरामी रहेका छन् ।
