पोखरामा ग्याँस विस्फोट हुँदा जलेर एक महिला घाइते

Share:

पोखरा । पोखरामा ग्यास सिलिण्डर विस्फोट हुँदा एक महिला जलेर घाइते भएकी छन् ।

पोखरा महानगरपालिका–३३ बहुमारास्थित गण्डकी बेँसी निवासी ४६ वर्षीया पद्मा कुमारी थापा शनिबार बिहान ५ बजे भान्सा कोठामा चिया पकाउने क्रममा एक्कासी ग्याँसमा आगलागी हुँदा जलेर घाइते भएकी हुन् ।

घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

प्रहरीका अनुसार रातको समयमा ग्याँस लिक भई कोठामा जम्मा भएको र बिहान ग्याँस बाल्ने क्रममा एक्कासी आगलागी भई पड्किएको थियोे ।

आगलागीबाट धनबहादुर थापाको दुई तले पक्की घरको भान्साकोठाको पर्खाल, ढोका र झ्यालमा क्षति पुग्नुको साथै घरका अन्य सातवटा झ्यालका सिसासमेत फुटेको र भर्याङको रेलिङमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: