
पोखरा । पोखराको न्यूरोडमा आइतबार घर छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
काठमाडौँ घरभई पोखरा–८ न्यूरोडस्थित डेरा गरी बस्ने ३५ वर्षीया चन्द्रलक्ष्मी श्रेष्ठको साढे २ तले पक्की घरको छतबाट खसेर मृत्यु भएको हो ।
आइतबार बिहान ७ः३० बजे खसेर गम्भीर घाइते भएकी श्रेष्ठको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
