देशभर थप १३० जनामा कोरोना संक्रमण, ७ को मृत्यु पुष्टि

Share:

पोखरा । देशभर थप १३० जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ६१ महिला र ६९ पुरुष गरी १३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयलले जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।

ती मध्ये २ लाख ६८ हजार २६६ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा देशभरबाट थप १९४ जना निको भएका हुन् ।

यस्तै, गत २४ घण्टामा थप ७ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको छ ।

अहिले देशभर १ हजार ७४४ संक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ९२ जना छन् ।

मन्त्रालयलका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ३३३ परिक्षण भएको छ भने हालसम्म २० लाख ९६ हजार ७५० परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: