
पोखरा । मुस्ताङमा गोरु काटेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा थासाङ गाँउपालिका–४ घाँसा निवासी २६ वर्षीय अर्पण श्रेष्ठ, सोही ठाँउ निवासी ५३ वर्षीय लालबहादुर श्रेष्ठ, ३७ वर्षीय शनिष श्रेष्ठ, पहिरो थाप्ला निवासी १३ वर्षीय निश्चल विक. र ३७ वर्षीय पूर्ण विक रहेका छन् ।
सोमबार राति १० बजे अर्पण श्रेष्ठको घरमा गोरु काटिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई गोरुको टाउको र मासुसहित पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
उनीहरु विरुद्ध आवश्यक कारवाही अगाडि बढाइ थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
