मौसमः देशभरको कस्तो रहन्छ आज?

Share:

पोखरा । देशका केही स्थानमा आज बिहीबार आंशिक बदली भए पनि धेरै क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण केही स्थानमा मौसम प्रभावित भएको हो ।

अहिले बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ । तराई तथा पहाडका केही भू–भागमा हुस्सु–कुहिरो लागेको छ ।

बिहीबार दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं. १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, राति बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं. १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कमेन्ट गर्नुहोस्
Share: