खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ बढ्यो

Share:

पोखरा । नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ ।

निगमले हिजो विज्ञप्ति जारी गरी गएराति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको जनाएको छ । ग्यासको मूल्य एक वर्षपछि बढेको हो ।

यस्तै, पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ ।

निगमले हवाई इन्धनको मूल्य भने यथावत् नै राखेको निगमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: