
लेखनाथ । मानव मिलन संस्था लेखनाथ इकाइले शनिबार पोखरा २६ की ५३ वर्षिय क्यान्सर पिडित सरस्वती बास्तोलालाई सहयोग गरेको छ ।
मानव सेवा नै सवै भन्दा ठुलो सेवा भन्ने मुल उदेस्यका साथ डा.मणिभद्र मुनि महाराजको परिकल्पना अनुसार स्थापना भएको सस्थाले दुःख र पिडामा परेका असाय असक्त तथा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका लागि सहयोग गर्ने क्रममा शनिबार शारिरीक रुपमा अपाङ्ग समेत रहेकी क्यान्सर पिडित वास्तोलालाई खाद्यान्य तथा लत्ता कपडा सहयोग गरेको हो ।
संस्थाको अग्रसरतामा पिडित बास्तोलाको घरमा पुगेका मानव मिलन संस्था लेखनाथका अध्यक्ष प्रेम प्रसाद वराल, उज्ज्वल आमा समुह वुढि बजारकी अध्यक्ष सरस्वती बराल, सक्नेटी टोल विकास संस्थाका कोषाध्यक्ष खेमप्रसाद भण्डारी, संस्थाका उपाध्यक्ष कृष्ण रिजाल, कोषाध्यक्ष माया बराल र संस्थाका सचिव गुरुप्रसाद सापकोटा लगाएतले सामुहिक रुपमा उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।
