देशभर थप १०४ जनामा कोरोना पुष्टि, १३१ संक्रमणमुक्त

Share:

पोखरा । देशभर थप १०४ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ४८ महिला र ५६ पुरुष गरी १०४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा देशभरबाट थप १३१ जना निको भएका छन् । योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको छ ।

हालसम्म नेपालमा २ हजार ५४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा भने कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

अहिले देशभर १ हजार ६०४ सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ७९ जना छन् ।

मन्त्रालयलका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा १ हजार ५०१ परिक्षण भएको छ भने हालसम्म २१ लाख १७ हजार ५० परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: