गण्डकीमा थप ७ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

सोमबार दिउँसो प्रदेशका २ वटा जिल्लाका ७ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै ५ जना रहेका छन् भने पर्वतका एक जनामा पनि कोरोना देखिएको छ ।

कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. ७ का १४ वर्षीय बालक, वडा नं. ९ की ५० वर्षीया महिला, वडा नं. १० का ७९ वर्षीय पुरुष, वडा नं. १७ का २४ वर्षीय र वडा नं. १९ की ३६ वर्षीया महिला एवं पर्वतको कुश्मा नगरपालिका वडा नं. ११ की २७ वर्षीया महिला, पैंयू गाउँपालिका वडा नं.२ का ३३ वर्षीय पुरुष कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ८३४ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: