
पोखरा । पोखराका ११ सहित आज सोमबार गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका कास्की र पर्वत गरी २ वटा जिल्लाका १४ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ११ जना रहेका छन् भने पर्वतका ३ जना रहेका छन् । कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ८३४ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ३५२ पुगेको छ ।
हाल प्रदेशभर २७९ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा २७० जना रहेका छन् ।
हालसम्म गण्डकीमा कोरोना संक्रमणबाट २०३ जनाको भने मृत्यु भइसकेको छ ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा २०१ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २९ हजार २८ नमुना परिक्षण भएको छ ।
