फागुन १३ गते ओली समुहको पोखरामा बृहत् मोटर्साइकल -यालिको तयारी

Share:

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी ओली पक्षले फागुन १३ गते पोखरामा बृहत मोटरसाइकल -याली गर्ने भएको छ। प्रधानमन्त्री ओलिले फागुन १५ गते सम्बोधन गर्ने गण्डकी प्रदेश स्तरिय आमसभाको पूर्वतयारी स्वरुप मोटरसाइकल -याली गर्न लागिएको हो।

आमसभा सफल पार्न गठित स्वयंसेवक परिचालन समितिको आयोजना सो -याली गर्न लागिएको समितिका संयोजक तथा उक्त पार्टीका केन्द्रिय सदस्य राजिब पाहारिले जानकारी दिए। उनले -यामा १० हजारको संख्यामा मोटर साइकल निकाल्ने तयारी भएको भन्दै सहभागीताको लागि सम्पुर्णमा अपिल गरेका छन्।

मंगलबार पोखरामा सम्पन्न स्वयंसेवक परिचालन समितिको बैठकमा बोल्दै पहारिले प्रधानमन्त्रीले संसद भङ्ग गर्नु संबैधानिक कदम भएको भन्दै राष्ट्र, राष्ट्रीयता र लोकतन्त्रको निम्ति निर्वाचन अपरिहार्य तत्व भएको जिकिर गरे। पहारिले हिम्मत भए प्रचण्ड माधब समुहलाई चुनाव मार्फत जनताबाट अनुमोदित हुन समेत चुनौती दिए।

सो समितिका सह संयोजक तथा राष्ट्रीय युवा संघका उपाध्यक्ष सन्तोष रावलले फागुन १३ गते दुई बजे पोखराको अमरसिंह चौरबाट शुरु हुने मोटरसाइकल -याली ऐतिहासिक हुने दाबी गरे।

समितिकै कार्यालय व्यवस्थापक बालकृष्ण काउछाले प्रधानमन्त्रीको कदम प्रतिगामी भन्नेहरुलाई फागुन १५ को आमसभा र जनताको व्यापक सहभागिताले स्वतःजबाफ दिने जिकिर गरे। उनले १४ गते करिब ५ हजार युवा स्वयंसेवकहरुले पोखराको सभागृहबाट मार्चपासमा सहभागिता जनाउने उल्लेख गरे।

कमेन्ट गर्नुहोस्
Share: