
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या १० करोड ९६ लाख ६९ हजार ५८६ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप २ लाख ६२ हजार ९४३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, गत २४ घण्टामा ६ हजार ५७३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २४ लाख १८ हजार २११ पुगेको छ ।
हालसम्म विश्वभर ८ करोड ४३ लाख ५५ हजार ६०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ४ लाख २५ हजार ६२३ जना निको भएका हुन् ।
हाल विश्वभर २ करोड २८ लाख ९५ हजार ७६७ सक्रिय संक्रमित छन् । ती मध्ये ९७ हजार ६९६ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ८३ लाख १७ हजार ७०३ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ८३ लाख ५६ हजार ६२५ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ९८ हजार २०३ पुगेको छ ।
हाल अमेरिकामा ९४ लाख ६२ हजार ८७५ सक्रिय संक्रमित छन् । ती मध्ये १८ हजार ९२८ गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।
