पोखराका ११ सहित गण्डकीमा थप १४ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका ११ सहित गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

मंगलबार दिउँसो प्रदेशका ४ वटा जिल्लाका १४ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै ११ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, म्याग्दी, स्याङ्जा र तनहुँका एकएक जनामा पनि कोरोना देखिएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. ३ का ४० वर्षीय पुरुष तथा ३५ वर्षीया महिला, वडा नं. ८ का ३८ र ४० वर्षीय पुरुष, वडा नं.१२ का ६४ वर्षीय पुरुष तथा २० र ७० वर्षीया महिला, वडा नं.१४ की २९ वर्षीया महिला, वडा नं. १९ का ४६ वर्षीय पुरुष, वडा नं.२० का ३१ वर्षीय पुरुष र वडा नं.३० का २० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।

म्याग्दी मंगला वडा नं.६ का ३६ वर्षीय पुरुष, स्याङ्जा पुतलीबजार वडा नं.३ का ६२ वर्षीय पुरुष एवं तनहुँ शुक्लागण्डकी वडा नं. ५ की ३८ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ८४८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: