
पोखरा । देशभर थप ९६ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ४२ महिला र ५४ पुरुष गरी ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ ।
तीमध्य नेपालमा २ लाख ६९ हजार ५०५ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि देशभरबाट थप १११ जना निको भएका छन् ।
यस्तै, गत २४ घण्टामा थप ३ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ।
योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५८ पुगेको छ ।
अहिले देशभर १ हजार ६०३ सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ७१ जना छन् ।
मन्त्रालयलका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ५४१ परिक्षण भएको छ भने हालसम्म २१ लाख ३१ हजार ३३० परिक्षण भएको छ ।
