भारतमा थप १२ हजार ६४३ जनामा कोरोना पुष्टि

Share:

पोखरा । भारतमा थप १२ हजार ६४३ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ९ लाख ६२ हजार १८९ पुगेको वल्र्डोमिटर्सले जनाएको छ ।

तीमध्ये १ करोड ६ लाख ६५ हजार ६८ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १० हजार ३६२ जना निको भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ८५ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५६ हजार १२३ पुगेको छ ।

हाल भारतमा १ लाख ४० हजार ९९८ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: