हत्या भएको १७ औंँ दिनमा भागरथीको दाहसंस्कार

389
0
Share:

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी वर्षीया भागरथी भट्टको हत्या भएको १७ औं दिनमा दाहसंस्कार गरिएको छ । दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा उनको आज अन्त्येष्टि गरिएको हो ।

भागरथीको शव आजसम्म जिल्ला बैतडीको शवगृहमा राखिएको थियो । भागरथीको शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दललगायतको सहभागि थिए ।

गएको माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा भागरथीको हत्या भएको थियो भने २२ गते शव भेटिएको थियो ।

प्रहरीले १३ औँ दिनमा भागरथीको हत्याको आरोपमा चडेपानीकै दिनेश भट्टलाई प्रक्राउ गरी सार्वजनिक गरे पनि उनले हत्या गरेको मात्रै बयान दिएपछि भागरथीको परिवारले बलात्कारमा संलग्न व्यक्तिको पनि खोजी गर्न माग गर्दै शव बुझ्न मानेको थिएन ।

तर बिहीबार ती दिनेशले भागरथीको बलात्कारपछि हत्या गरेको बयान दिएपछि परिवारले शव बुझेको हो । नाताले दिनेश र भागरथी दिदीभाइ हुन् ।

कमेन्ट गर्नुहोस्
Share: