देशभरको मौसम कहाँ कस्तो रहन्छ आज?

Share:

पोखरा । देशका पहाडी क्षेत्रमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण पहाडी क्षेत्रको मौसम प्रभावित भएको हो ।

अहिले बिहान देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

शनिबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ ।

कमेन्ट गर्नुहोस्
Share: