विजयपुर खोलामा ढुंगामा अड्किएको अवस्थामा एक पुरुष मृत फेला

Share:

पोखरा । पोखरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

पोखरा महानगरपालिका–३३ पटनेरी स्थित विजयपुर खोलाको बिचमा ढुङ्गामा अड्किएको अवस्थामा अन्दाजी ५० वर्षको पुरुष मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार ती पुरुषको हालसम्म पहिचान खुल्न सकेको छैन ।

प्रहरीले उक्त घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: