देशभर थप ८० जनामा कोरोना पुष्टि, १२१ संक्रमणमुक्त

Share:

पोखरा । देशभर थप ८० जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ३३ महिला र ४७ पुरुष गरी ८० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ ।

तीमध्य नेपालमा २ लाख ६९ हजार ८७६ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि देशभरबाट थप १२१ जना निको भएका छन् ।

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ । गत २४ घण्टामा भने देशभर कसैको पनि मृत्यु भएको छैन ।

अहिले देशभर १ हजार ४९४ सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ६८ जना छन् ।

मन्त्रालयलका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ३२५ परिक्षण भएको छ भने हालसम्म २१ लाख ३९ हजार ६३४ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: