पोखरामा दुई स्कुटर ठक्कर खाँदा ४ घाइते

Share:

पोखरा । पोखरामा दुई स्कुटर आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् ।

पृथ्वीराजमार्ग अन्तरगत पोखरा–२९ आदर्शचोकमा आइतबार बिहान १० बजे ग ११ प २७६५ नं.को स्कुटर र प्रदेश नं.२–०३–००१ प ५५० नं.को स्कुटर एक आपसमा ठक्कर खाँदा चार जना घाइते भएका हुन् ।

उक्त दुर्घटनामा प्रदेश नं २–०३–००१ प ५५० नं को स्कुटर चालक पोखरा–२९ भण्डारढिक निवासी २४ वर्षीय सन्देश गुरुङ, सोही स्कुटरको पछाडि सवार सोही स्थान कै निवासी २१ वर्षीय अशिम तामाङ गम्भीर घाइते भएका छन् ।

यस्तै, दुर्घटनामा ग११प २७६५ नं को स्कुटर चालक पोखरा–२७ तालचोक निवासी ४५ वर्षीय केशव पराजुली र सोही स्कुटरको पछाडि सवार सोही स्थान कै निवासी ८ वर्षीया स्मारिका पराजुली घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

उनीहरु चारै जनालाई उपचारका लागि अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: