
पोखरा । हिन्दुराष्ट्र पुनस्र्थापनामा नेपाली कांग्रेसको भूमिका विषयक परिचर्चा कार्यक्रम सोमबार पोखरामा हुने भएको छ ।
विश्वहिन्दु महासंघ, कास्कीको आयोजनामा हुने परिचर्चामा पूर्व मन्त्री एवं महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारी, पूर्व मन्त्री एवं कांग्रेस नेता शंकर भण्डारी, कांग्रेस पूर्व नेता देवेन्द्र राज कंडेलको विशेष सम्बोधन रहने र कार्यक्रमको माध्यमले कांग्रेसलाई हिन्दुराज्य स्थापनामा कांग्रेस देशव्यापी लाग्न महत्वपूर्ण भूमिका रहने जिल्ला महासचिव कमल पौडेलले बताए ।
कार्यक्रम फागुन १० गते सोमबार १ बजे पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने र उपस्थितिका लागि आम समुदायलाई विश्व हिन्दु महासंघ कास्कीले आग्रह गरिएको छ ।
कमेन्ट गर्नुहोस्
