
पर्वत। पर्वतमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।
सोमबार बिहान ०७ः०५ बजे जलजला गाउँपालिका–८ खनियाँघाटमा ध १ प ८९५८ नं.को मोटरसाइकल अनियन्त्रित भई सडकबाट २२ मिटर तल खोँचमा खस्दा बागलुङको बागलुङ नगरपालिका–२ निवासी ३७ वर्षीय बाबुराम केसीको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते केसीलाई उपचारको लागि बागलुङस्थित धौलागिरि अस्पताल लगिएको भएपनि उपचारकै क्रममा बिहान ८ बजे चिकित्सकले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
