भारतमा थप १० हजार ७९२ जनामा कोरोना संक्रमण

Share:

पोखरा । छिमेकी देश भारतमा थप १० हजार ७९२ जनामा कोरोना (कोभिड–१९) पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड १० लाख १५ हजार ८६३ पुगेको वल्र्डोमिटर्सले जनाएको छ ।

तीमध्ये १ करोड ७ लाख १० हजार ४८३ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १३ हजार ४६९ जना निको भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ८० संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५६ हजार ४९८ पुगेको छ ।

हाल भारतमा १ लाख ४८ हजार ८८२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: