बदली वर्षा र हिमपातको सम्भावना कुन–कुन क्षेत्रमा?

Share:

पोखरा । देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा शनिबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएकोले पहाडी क्षेत्रमा मौसम प्रभावित भएको हो ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ। तराइका थोरै स्थानहरुमा हल्का कुहिरो हुस्सु लागेको छ।

शनिबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, राति पनि देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: