
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या ११ करोड ३९ लाख ७६ हजार ९७ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ४ लाख ३२ हजार ६३२ संक्रमित थपिएका हुन् ।
यस्तै, गत २४ घण्टामा ९ हजार ७७३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २५ लाख २८ हजार ५१३ पुगेको छ ।
हालसम्म विश्वभर ८ करोड ९५ लाख ३२ हजार ४०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ३ लाख ९५ हजार १७१ जना निको भएका हुन् ।
हाल विश्वभर २ करोड १९ लाख १५ हजार १७८ सक्रिय संक्रमित छन् । ती मध्ये ९१ हजार ४८ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ९१ लाख ३६ हजार ९१२ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ९५ लाख ३४ हजार ६८ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ८२ पुगेको छ ।
हाल अमेरिकामा ९० लाख ७९ हजार ७६२ सक्रिय संक्रमित छन् । ती मध्ये १५ हजार ४७८ गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।
